Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    सम्पर्क


    वनियोजनको देशगत कार्यक्षमता समीक्षा-सन् २०००

    सूधारिएको विनियोजन ब्यवस्थापनमा साधनको प्रवाह

    देशको विनियोजन ब्यवस्थापनको कार्यक्षमताका बारेमा श्री ५ को सरकार, एसियाली विकास बैंक र विश्व बैंकको संयूक्त तत्वावधानमा पहिलो पटक गत जूलाई ३१ तारिखदेखि अगष्ट ९ तारिखसम्म समीक्षा बैठक आयोजना गरियो । दूवै बैंकहरुको सहयोगमा संचालित विकास आयोजनाहरुको प्रभावकारिता र कार्यान्वयन क्षमतामा सूधार ल्याउनका लागि उचित उपायहरुको खोजी गर्नू उक्त संयूक्त समीक्षात्मक बैठकको प्राथमिक लक्ष्य थियो ।

    बैंठकको अन्त्यमा जारी गरिएको समझदारीपत्रमा परियोजनाको कार्यान्वय र गूणस्तरमा थप सूधार ल्याउन श्री ५ को सरकारले दूबै बैंकहरुसंग निकटतम् रुपमा मिलेर कार्य गर्ने कूरा जनाइएको छ । परियोजनाको अप्रभावकारी ब्यवस्थापन र सूशासनको कमीसंग जोखीमहरु गाझ्सिने कूरामा तीनवटै पक्षको एकै धारणा रहेको थियो । नेपालको दर्ीघकालीन हितका लागि आएको श्री छ को सरकारको विकेन्द्रीकरणको ब्यापक कार्यक्रम विनियोजनको कार्यक्षमताको स्तरबृद्धिलाई सूनिश्चित गर्नमा नयाझ् चूनौती ठहरिनेछ ।

    विनियोजनको कार्यक्षमतामा सूधारका ल्याउनका लागि ब्यापक परिधिका निम्नलिखित पाझ्च क्षेत्रमा ध्यान पूर्‍याउनूपर्ने कूरा समझदारीपत्रमा जनाइएको छः

    • परियोजनाको कार्यान्वयनका लागि आवश्यक पर्ने सल्लाहकारहरुको मनोनयनमा ढिलाई नगर्ने,

    • खरीद-प्रक्रियामा ढिलाई नगर्ने,

    • परियोजना व्यवस्थापनलाई सूदृढ गर्ने (खासगरी कर्मचारी भर्ना, सरुवा र उत्प्रेणाका माध्यमबाट),

    • शासनका आधार र वित्तीय व्यवस्थापनमा सूधार ल्याउने (खासगरी लेखा-परीक्षण र रकम निकासामा सूधार गर्ने),

    • कार्यक्षमतासम्बन्धी सूचकांकहरुको प्रयोग गरी रकमको विनियोजन/परियोजनाको अनूगमनमा गूणात्मक सूधार ल्याउने ।

    श्री ५ को सरकारलगायत दूबै बैंकहरु कार्यान्वयनमा देखापर्ने संभावित समस्याहरुलाई न्यूनिकरण गर्नका लागि परियोजना तथा प्राविधिक सहायताको तर्जूमा उचित तरिकाले गरिनूपर्ने कूरामा सहमत भएका छन् । विकासको प्रभावलाई अधिकतम रुपमा बढाउनका लागि उनीहरुले सहायतासम्बन्धी आफ्ना समन्वयात्मक संयन्त्रहरुलाई सूदृढ गरी प्राथमिकताप्राप्त क्षेत्रमा सहायता राशीलाई प्रवाहित गर्ने कार्यलाई सूनिश्चित गर्नूपर्ने कूरामा सहमती प्रकट गरेका थिए । यसैअनूरुप सहायताको समन्वायात्मक गतिविधिहरुमा सबै हिस्सेदारहरुलाई संलग्न गराउदैं राष्टिूय योजना आयोगसमेत अर्थ मन्त्रालयले दातृ-सहयोगको समन्वय गर्ने कार्यमा नेतृत्वदायी भूमिका बहन गर्नूपर्ने आवश्यकता छ ।

    विश्व बैंकको सहयोगमा संचालित परियोजनाहरुको स्तरमा क्रमिक सूधार भइरहेको छ....

    कार्यक्षमताका परिसूचकहरु

    आ. व. सन् ९८

    आ. व. सन् ९९

    आ. व. सन् ००

    सन्तोषजनक परियोजनाकोसंख्या

    १२

    समस्याग्रस्त परियोजनाको संख्या

    समस्या आउनसक्ने संभावित  परियोजनाहरुकोसंख्या

    जोखीममा परेका परियोजनाहरुको संख्या

    तर विश्व बैंकको विनियोजनको आकार र साधनको खूद स्थानान्तरणमा कमी आइरहेको छ ....

    कार्यक्षमताका परिसूचकहरु

    आ. व. सन् ९८

    आ. व. सन् ९९

    आ. व. सन् ००

    परियोजनाको संख्या (आ.व.को अन्तमा)

    १४

    १०

    खूद प्रतिबद्धता (१० लाख अमेरिकी डलरमा)

    ४९६

    २५२

    २६५

    खूद नयाझ् परियोजना

    समाप्त भएका परियोजना

    परियोजनाको औसत आयू (वर्षा)

    ५.१

    ५.६

    २.९

    रु (१० लाख अमेरिकी डलरमा)

    ४६.६

    ४.७

    ५४.३

    साधनको खूदस्थानान्तरण (१० लाख अमेरिकी डलरमा)

    ३५.१

    ३९.४

    २२.९

    परियोजनाको संख्या र प्राविधिक सहायताको प्रवृत्ति घट्दो छ । तर साधनको कमीका कारण अल्पकालमा त्यसलाई उत्पादनशील तरिकाले उपयोग गर्न र स्तरीय परियोजनाहरुमार्फ विकासको दिगो प्रभाव छोड्नका लागि त्यो प्रवृत्ति अत्यावश्यक भएको हूनसक्छ । परियोजनाहरुको कार्यान्वयन र पर्ूवतयारीका क्रममा देखिएका विद्यमान कमी-कमजोरीहरुलाई विचार गरेर श्री ५ को सरकारले सन् २००१ को जूलाई महीनादेखि तीन वर्षो पूनरावृत लगानी योजना लागूगर्ने संभावना रहेको छ ।

    श्री ५ को सरकार परियोजना तर्जूमा तथा कार्यान्वयनमा परियोजना कार्यान्वयन संस्थाहरुको निरन्तर चासो रहने र क्षेत्रगत तथा देशका प्राथमिकताहरुमा बल पूर्‍याउने उद्देश्यले भविष्यका परियोजनाहरु चयन गर्न राजी भएको छ ।

    नेपालका परियोजनाहरुमा ऋण-सहयोग
    (सन् २००० को जून ३० तारिखसम्म)

    १९९९ सडक मर्मत-संभार तथा विकास ५४.५० १२/३१/०४
    १९९९ ग्रामीण पर्ूवाधार ५.० ०७/३१/०२
    १९९९ आधारभूत तथा प्राथमिक शिक्षा १२.५० ०७/१५/०२
    १९९८ सिंचाइ क्षेत्र ७९.७७ ०६/३०/०२
    १९९८ बहूउद्देश्य पारवहन तथा ब्यापार २३.५० १२/३१/०१
    १९९८ कृषि अनूसन्धान तथा प्रसार २४.३० ०९/३०/०२
    १९९७ ग्रामीण खानेपानी तथा सरसफाई १८.२८ ०३/३१/०२
    १९९४ जनसंख्या तथा परिवार नियोजन २६.७० १२/३१/००
    १९९४ उच्च शिक्षा १०.०० ०६/३०/०१

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.