सम्पर्क
विकास र विदेशी सहयोग बारे छलफल
नेपालको विकासमा वैदेशिक सहायताको सहीरुपमा परिचालन नभएको विषयमा नेपाली समाजका विभिन्न पक्षहरुबीच हालै छलफल भएको छ । "विकास र विदेशी सहयोगको समीक्षा" शिर्षको उक्त छलफल कार्यक्रमको आयोजना विश्व बैंकको काठमाडौंस्थित कार्यालय, राष्टूसंघीय विकास कार्यक्रम -यू.एन.डि.पी) र संयूक्त अधिराज्यको समून्द्रपार विकास संस्थाले संयूक्त रुपमा गरेका थिए ।
सन् २००० को मार्च महीनामा नेपाल विकास मञ्चको तैयारी गर्ने सर्न्दर्भमा उक्त छलफलको आयोजना भएको हो । वैदेशिक सहायता नीतिहरुका बारेमा सरोकार राख्ने श्री ५ को सरकारका बरिष्ट अधिकारीहरु समेतको त्यस कार्यक्रममा सहभागिता रहेको थियो ।
विश्व बैंकको विकास अनूसन्धान समूहका डेभिड डलरले ²सहायताको समीक्षामाः केले काम गर्दछ, के ले गर्दैन र किन रु² शर्ीष्ाकको विश्व बैंकको प्रतिवेदन-१९९८ अर्न्तर्गतको अध्ययनबाट प्राप्त नतीजाहरु प्रस्तूत गर्दै छलफल शूरु गर्नू भएको थियो । फितलो नीतिगत वातावरण कायम रहेको बेला भएको ठुलो परिणामको विदेशी सहायता प्रवाहले वृद्धिलाई ठोसरुपमा बढाउन र दीगो प्रभाव पार्नमा थोरै मात्र मद्धत गर्दछ भन्ने कूराहरुको पूष्टी नेपालको विकास अनूभवबाट भएको बारेमा प्रतिवेदनमा उल्लिखित तथ्यहरुमाथि श्री डलरले प्रकाश पार्नू भयो । उहाझ्ले विदेशी सहयोगको उपादेयता त्यसको परिमाणमा भन्दा सूधारलाई तीब्र पार्न र गरीबी निवारण गर्नमा महत्वपर्ुण्ा छ भन्नू भयो ।
श्री डलरले दातृ संस्थाका शर्तहरुका बारेमा विचारोत्तेजक विषय उठाउझ्दैं "आमरुपमा सोचिएझैं दाताहरुले न कूनै नीति लागु गर्न सक्दछन्, न त सरकारी खर्चहरुको खटनपटन नै गर्न सक्दछन्" भन्ने कूरा बताउनू भयो ।
"विकास तथा सोतसाधनहरुको आवश्यकता बारेमा जब आमसहमती हून्छ, त्यसबेला मात्रै वैदेशिक सहायताबाट ठोस रुपमा काम हूने आशा गर्न सकिन्छ" भन्ने विचार व्यक्त गर्नू भयो । उहाझ्ले सहायताको प्रभावकारिताका उदाहरणका रुपमा केही देशहरुले उनीहरुको गैर-प्राथमिकताप्राप्त क्षेत्रमा विदेशी सहयोगलाई स्वागत नगर्ने नीति दाताहरुसमक्ष राखेका छन् भन्नू भयो । यो राय उहाझ्ले त्यसबेला प्रस्तूत गर्नू भएको थियो जूनबेला "दातृ पर्ुवशर्तहरुका कारण उपभोक्ता मुल्यहरु बढेको हो" भन्दै संसदको विशेष अधिवेशनमा राजनैतिक बहस भइरहेको थियो ।
त्यसपछि नेपालमा विदेशी सहयोगका विशेषताहरुका बारेमा बोल्दै न्यु इराका श्रीराम राज पा०डे र गरीबी दिर्ग्दर्शन नागरिक मञ्चका केशवप्रसाद आचार्यले छलफल कार्यक्रममालाई अघि बढाउनू भएको थियो । समग्रमा उल्लिखित तीनै जनाको प्रस्तूतीबाट सहायता प्रदानगर्ने मूलूकहरुमा विद्यमान असहज आमधारणा, अनूदान पाउने मूलूकमा राजनैतिक प्रतिबद्धताको कमीका साथै दातृ सहयोगप्राप्त कार्यक्रमहरुप्रति तिनमा स्वामित्वभावको अभाव, कार्यान्वयनको दायित्व बोकेका सरकारी निकायहरुमा उत्प्रेणा एवं सक्षमताको अभावलगायत भ्रष्टाचारका कूराहरुदेखि लिएर दातृ पक्षहरुमा पारदर्शीता, समन्वय तथा यथार्थताप्रतिको उदासिनता जस्ता विषयहरुमा विषद् रुपमा विचार विमर्श भएको थियो ।
विकासमा समाजको आधारभुत तहका समर्पित कार्यकर्ताहरु, गै.स.स.का प्रतिनिधिहरु, बरिष्ट सरकारी अधिकारीहरु, उभयपक्षीय राजनैतिकवर्ग, दाता प्रतिनिधिहरु तथा पत्रकार्रवर्ग कार्यक्रममा प्रस्तूतकर्ता एवं सहभागीका रुपमा संलग्न थिए ।
काठमाडौंका प्रवूद्ध पत्रकार तथा छलफलका संयोजनकर्ता कून्दा दीक्षितले "आजको छलफलबाट यो कूरा प्रष्ट भएको छ कि यहाझ् दर्ूइवटा नेपाल विद्यमान छन्" भन्दै कार्यक्रम समाप्त गर्नू भएको थियो । उहाझ्ले "थकित-गलित, अर्काको खोट मात्रै देख्ने गंभीरता नभएको काठमाडौं एकातिर छ भने अर्कोतिर एउटा जवाफदेही, प्रतिबद्ध र दुरदृष्टियूक्त समाजको आधारभुत तहबाट उठेको नेपाल छ" भन्नूभयो । उहाझ्ले ²यदि वास्तवमै श्री छ को सरकार र दातृ समूदायले विदेशी सहायताको प्रभावकारिता अभिवृद्धि गर्न चाहेको हो भने कून् ठाउझ्मा रकम खर्च गर्नू पर्छ भन्ने कूरा प्रष्टै छ² भन्दै काठमाडौं बाहिरको नयाझ् नेपालका हालैमात्र सशक्तिकृत जनतामा त्यो लगानी खर्चिनू पर्ने विचार व्यक्त गर्नू भयो । "यसबाट मात्रै व्यापक प्रतिफलको आशा गर्न सकिन्छ" उहाझ्ले जोड दिएर भन्नू भयो ।
यसैबीच, नेपालका लागि विश्व बैंकको काठमाडौस्थित कार्यालयका निर्देशक हान्स रोथनव्युलर आफ्ना कार्यालयका सहकर्मीहरुलाई लेख्नू भएको वाषिर्क पत्रमा भन्नू हून्छ-"नेपालको विकासका चुनौतीहरुका बारे खूल्ला दिलले संवादहरु हून प्रारम्भ भएको छ र यो बढी उत्पादनशील देखिन थालेको छ । वास्तवमै निर्धन नेपालीहरुलाई गरीबीको खाडलबाट मूक्त गर्ने हो भने आपसी वादविवाद र आआफ्ना भुलहरुको आत्मालोचना गरी छाति पिट्नूभन्दा पनि विषयवस्तूप्रति संवेदनशील बन्दै कार्यक्षेत्रमा तत्कालै उत्रनू पर्ने आवश्यकता छ ।"
श्री रोथन व्युलर भन्नू हून्छ-"विगत दशकौंदेखि हाम्रा नेपाली मित्रहरुलाई दाताहरुले मिठामिठा कूरा सूनाउझ्दै आएका छौं । त्योभन्दा सहयोगका विषयहरुका बारेमा उदात्त मनले विचार राख्यौं भने पनि केही आशा राख्ने ठाउझ् बाझ्कि रहन्थ्यो कि - किनभने, समस्याहरुलाई आत्मसात नगरी सूखै छैन.......।
|