Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    सम्पर्क


    ग्रामीण क्षेत्रमा कार्यान्वयनमा देखापर्ने चुनौतीहरुको सामना कसरी गर्ने ?

    विश्व बैंकको लगानीप्राप्त दूइवटा परियोजनाका अवास्तविक परियोजना लक्ष्यहरु, तिन्मा स्वामित्वभावप्रतिको झिनो लगाव र ब्यवस्थापनका बाधाहरुलाई ध्यानमा राखेर श्री ५ को सरकार र बैंक ठिक्क परिमाणमा ऋण-प्रवाह गर्न फेरी पनि लगानीलाई परिमार्जन गर्ने सहमतीमा पूगेका छन् । अब यो अपवादभन्दा नियम नै बन्न पूगेको प्रतीत हून्छ । सन् १९९९ को नोभेम्बर महीनामा गरिएको समीक्षाको पूरकको रुपमा गत फेब्रूअरी महीनामा गरिएको कृषि अनूसन्धान तथा प्रसार आयोजनाको मध्यकालीन पूनरावलोकनमा दूइवटा कार्यान्वयन संस्थाहरु क्रमशः नेपाल कृषि अनूसन्धान परिषद् र कृषि विभाग बढी गतिशीलरुपमा सक्रिय हूनू पर्ने तर बाह्य परामर्शदाताहरुमाथि कमभन्दा कम निर्भर हूनूपर्ने आवश्यकता दर्शाइएको छ । शूरुका चरणका समस्याहरु र कार्यान्वयनमा भएको ढिलाइ पश्चात् कृषि अनूसन्धानको संचालन तथा विस्तारमा देखिएका समस्याहरुलाई पहिल्याउनमा, प्राथमिकताप्राप्त क्षेत्रहरुमा परियोजनाहरुलाई सकेन्दी्रत गर्न र कार्यान्वयन संस्थाहरुलाई परियोजनाबारे उत्साहित पार्ने काममा हालैका महीनाहरुमा महत्वपर्ूण्ा प्रगति हासील भएका छन् । केवल एक चौथाई ऋण-सहायताको उपयोग भएको अवस्था र परियोजना अवधिको आधाभन्दा बढी समय भट्केपछि कार्यक्रमको परिमार्जन र खर्चको अनूमानमा संशोधन गर्न श्री ५ को सरकार र विश्व बैंक सहमतीमा पूगेका हून् । यसको परिणामस्वरुप शूरुको २ करोड ४३ लाख अमेरिकी डलरमा बढी हूने अपेक्षा गरिएको ५३ लाख अमेरिकी डलरको ऋण-सहयोग सन् २००० को जून महीनामा रद्ध भएको छ । बैक र दूवै कार्यान्वयन संस्थाहरुबीच कार्यप्रगतिको समयबद्ध सूचकांकहरुको मापदण्डकाबारे सहमती भएको छ र यसैका आधारमा कार्यप्रगतिसम्बन्धी समीक्षा योजनामूताविक सन् २००० को नोभेम्बर महीनाको आधिकारिक पूनरावलोकनमा गरिनेछ ।

    यसैबीच कार्यान्वयनमा अनापेक्षित ढिलाई भएका कारणले गर्दा नेपाल सिंचाइ क्षेत्र विकास आयोजनाको लागि पहिले निर्धारित ८ करोड ९७ लाख अमेरिकी डलरको ऋण -सहयोगमध्ये ८१ लाख अमेरिकी डलर र४ गर्ने कूरामा श्री ५ को सरकार र बैंकबीच सहमती भएको छ । नेपाली रुपैयाको अवमूल्यनका कारणबाट पनि यो रकम बचत हून आएको हो । गत मे महीनामा परियोजना अवधि आधाभन्दा बढी बितिसक्दा उक्त आयोजनामा कूल ऋण-सहायताको एक-चौथाइ मात्र खर्च हूनसकेको थियो । अपर्याप्त अनूगमन तथा समन्वय, खरीद-प्रक्रियामा ढिलाइका साथै नौ महीनापछि कर्जा प्रवाह भएकोले पनि परियोजनाको काममा अनावश्यक गतिरोध हून गएको हो ।

    तेश्रो सूनसरी-मोरé सिंचाइ आयोजनाको भौतिक कार्यान्वयनका साथै खर्चको प्रतिफलमा उल्लेखनीय प्रगति हासील भएको कूरा नेपाल सिंचाइ क्षेत्र विकास आयोजनाद्धारा गत मे महीनामा गरिएको मध्यकालीन पूनरावलोकनमा जनाइएको छ । तापनि तालिम, व्यवस्थापकीय सूचना प्रणाली, सामाजिक परिचालन र अनूगमन तथा मूल्याड्ढनलगायतका पक्षहरुमा अझ उल्लेख्य रुपमा उपलब्धी हासील गर्नूपर्ने आवश्यकता रहन्छ । यस अतिरिक्त पूनरावलोकन दलको प्रतिवेदनमा विशेषतः किसानहरुको ब्यवस्थापनमा संचालित सिंचाइ प्रणालीका निमित्त वित्तीय व्यवस्थापन प्रणालीमा सूधार गरिनू जरुरी
    छ ।

    नेपाल सिंचाइ क्षेत्र विकास आयोजनाको समीक्षा टोलीले "पर्ूण्ा विकास" स्थितिमा बालीको स३नता -बाषिर्क लगाइने बालीको संख्या वा कतिचोटी बाली लगाइने भन्ने कूरा) को बढोत्तरीबाट प्राप्त लाभ सूनसरी-मोरé सिंचाइ आयोजनामा २० प्रतिशतको हाराहारीमा र तर्राई क्षेत्र सतह सिंचाई अंगमा द्धट प्रतिशतका साथै बाली उत्पादन एवं किसानहरुको आयस्तरमा लगभग २५ देखि ५५ प्रतिशत हूने सकारात्मक संशोधित अनूमान सिंचाइ क्षेत्र विकास आयोजनाको समीक्षा टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैबीच सिंचाइ क्षेत्र विकास आयोजनाको समयावधि सन् २००२ को जून ३० तारिखमा समाप्त भएपछि सो परियोजनाको अवधि थप १ वर्षा निमित्त बढाउनलाई श्री ५ को सरकारले बैंकसंग गरेको आग्रहका सर्न्दर्भमा बैंकले आउझ्दो १२ महीनामा सन्तोषजनक प्रगति हासील भएको पाइएमा त्यस बारे विचार गर्नसकिने संकेत गरेको छ । सामाजिक परिचालन र लक्षित समूदायलाई सहभागी गराउन बढी समय लागेको हूझ्दा आयोजनाको समयावधि थप्नका लागि अनूरोध गर्नू परेको हो भन्ने भनाइ अघि सारेको छ ।

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.