विश्व बैंकका अध्यक्षको सन्देश
सप्टेम्बर ११ का दिन भएको ञासदीपर्ूण्ा घटनाले विश्वलाई अब कसरी सूरक्षित र अझ राम्रो बनाउने भन्ने बारे धेरैलाई सोंच्न बाध्य पारेको छ । अहिले अन्तर्रर्ााटूय समूदाय आतंकबादको प्रत्यक्ष रुपमा सामना गर्दै सूरक्षाको अभिबृद्धि गर्न त्यस दिशामा सशक्त र प्रतिबद्धताका साथ लागी परिसकेको छ । यसैबीच विश्वब्यापि रुपमा हूनसक्ने आर्थिक मन्दीको समस्यासंग जूध्ने उद्देश्यले वास्तविक एकताबद्ध प्रयासको थालनी भएको पनि हामीले अनूभव गरिरहेका छौं । यी कूराहरु अन्तर्रर्ााटूय समस्याहरुको समाधानको खोजी अन्तर्रर्ााटूय प्रयासबाटै गर्ने बढ्दो समन्वयात्मक भावनाका परिचायक हून् ।
तर हामीले अझ एक कदम अघि बढेर सून्दर विश्वको निर्माण गर्नका लागि गरीबीबिरुद्ध लड्नू र विश्वस्तरमै सबैलाई समेट्ने प्रक्रियाको पर््रबर्द्धन गर्नू विश्व समूदायका सम्मूख सबैभन्दा महत्वपर्ुण्ा दर्ीघकालीन चुनौतीका रुपमा देखापरेको छ । आतंककारी आक्रमणले विकासशील मूलूकहरुको बृद्धि दरमा अवरोध पूर्याउने भएकोले अहिले यसको महत्ता झन् बढेर गएको छ । बृद्धि दरमा हूने संभावित कमीले थप लाखौं मानिसलाई गरीबीको दुश्चक्र तर्फधकेल्न सक्छ भने दशौं हजार बालबालिकाहरुले कुपोषण, रोगब्याधि र अभावका कारण अकालमा मृत्यू वरण गर्नूु पर्नेछ ।
गरीबीले आंतकबाद बाहेक प्रत्यक्ष रुपमा तत्कालै संर्घष्ातिर धकेल्दैन । विश्वका अधिकांश मानिसहरुले आम्दानी एवं खाद्यान्नको जोहो गर्दै बालबालिकालाई उचित अवसरको खोजी गर्ने कार्यलाई नै प्राथमिकता दिएर आफ्नो सम्पर्ुण्ा उर्जा लगाउने गर्दछन्, सामान्यतया अरुलाई घात गर्ने उनीहरुको सोंचाईं
हूदैन ।
हामीलाई यो पनि थाहा छ, अपवाद -असमानता -) ले नै भिषण हिंसालाई जन्म दिन्छ । जातीय संर्घष्ालाई गृहयूद्ध निम्त्याउने एक खास कारण मानिए पनि सूक्ष्म अध्ययनहरुबाट के पनि देखिएको छ भने विभिन्न कारणहरुमध्ये गरीबी नै त्यसको लागि मूख्य कारकको रुपमा रहेको छ । यसलाई हामीले स्वीकार गर्नै पर्दछ । परिणामतः द्धन्द्धले ग्रस्त मूलूकहरु नै प्रायः गरी आतंककारीहरुको सूरक्षित आश्रयस्थल बन्न पूगेका पाइन्छन् ।
गरीबी निर्मुल गर्नू, सबैलाई समेट्ने गरी समन्याय दिनू र विश्वको अर्थतन्त्र तथा सामाजिक मुलधारमा सिमान्तवर्गको पहूँच पूर्याउनू हामी सबैको साझा उद्देश्य हूनू पर्दछ ।
हामीले यी कूराहरु द्धन्द्ध रोक्ने उपायका रुपमा गर्न सक्दछौं । उदाहरणको लागि नाइल नदीघाटीकै कूरालाई लिन सकिन्छ । उत्तरी अप्रिmका र मध्यपर्ुवको विकास तथा शान्तिका लागि पानीको अभाव ठुलो चुनौती बनेको छ । फलस्वरुप अहिले नाइल नदीघाटी क्षेत्रका १० राष्टूहरु पानीको श्रोतको दीगो उपयोग र विकासको कार्यक्रममा सहयोगको आदानप्रदान गर्न अभ्रि्रेरित भई एक आपसका निकट आएका छन् । द्धन्द्धलाई हटाउने र गरीबी निवारणका क्षेत्रमा प्रत्यक्षतः कार्य गर्ने दिशामा यो बहूपक्षीय प्रयास एउटा राम्रो उदाहरणको रुपमा देखापरेको छ ।
त्यति नै महत्वको कूरा, भरखरै द्धन्द्धको अवस्थाबाट बाहिर आएका समाजहरुमा हामीले स्थायी रुपको शान्तिको बीजारोपण गर्न सहयोग पूर्याउन सक्दछौं । उदाहरणका लागि, अन्तर्रर्ााटूय समूदायले बोस्नीयामा साना परियोजनाहरुमार्फ रोजगारीको सिर्जनाका साथै जातीय विभेदलाई कम गरेर विभिन्न समूदायहरुलाई स्थानीय तहमा एक अर्काको नजिक ल्याउनमा टेवा पूर्याइरहेका छन् ।
यस्तै, पर्ुर्वी टिमोर र रुवाण्डा जस्ता द्धन्द्ध पश्चात्को सामाजिक स्थिति भएका मूलूकहरुमा अन्तर्रर्ााटूय समूदायले पर्ुवाधारहरुको पुनर्निर्माण गर्न, सैनिकहरुलाई समाज तथा श्रमबजारमा पुनःस्थापित गर्न र अर्थतन्त्रलाई ब्यवस्थापन गर्ने सरकारी क्षमता अभिवृद्धि गर्न सहायता दिइरहेका छन् । सफलताका लागि वर्षौंको मेहनत लागे पनि त्यसको विकल्पमा भने कहिले नटूङ्गनिे हिंसाको चक्र मात्रै हून्छ भन्ने कूराप्रति पनि हामी सजग हूनै पर्दछ ।
द्धन्द्धको स्थिति आउन नदिन र शान्तिको पर््रवर्द्धन गर्नका लागि मूख्य रुपमा एकात्मक सामाजिक सद्भावका साथै सबैलाई समान रुपमा मुलधारमा ल्याउने समावेशी रणनीतिको आवश्यकता पर्दछ । सबैका लागि न्यायपर्ुण्ा आयमुलक रोजगारीका अवसरहरु सूनिश्चित गर्ने र सामाजिक स्थिरता खलबलाउने किसिमको समाजले नै स्वीकार गर्न नसक्ने आम्दानीको असमानता हूने अवस्था उत्पन्न हून नदिने रणनीति नै समावेशी रणनीति हो । तर समावेशी नीति आम्दानीका कूरामा मात्र सिमित हूनू हूदैन, यसले निर्धन मानिसहरुलाई शिक्षा तथा स्वास्थ्यसेवा र स्वस्थ्यकर खानेपानी, सरसफाई तथा विद्युत जस्ता आधारभुत सेवाहरुमाझ पहूँच पूर्याउने वातावरण बनाउन सक्नू पर्दछ । यसको सोझो अर्थ मानिसहरुलाई उनीहरुको जीवन प्रभावित हूने कूनै पनि महत्वपर्ुण्ा निर्ण्र्ाारुमा सरिक हून मद्दत पूर्याउनू पनि हो । हामीले यसैलाई सशक्तिकरण भन्ने गरेका छौं ।
तर के हामी गरीबीका विरुद्ध साँच्चिकै लड्न सक्छौ - हालैका घटनाक्रमहरुले हामीले त्यसो गर्न सक्छौं भन्ने देखाएको छ । दर्ूइ सय वर्षम्म लगातार रुपमा गरीबीको संख्या बढ्दै गएर विगत १५/२० वर्षेखि विश्वमा गरीबहरुको संख्यामा कमी आउन थालेको छ । गत २० वर्षा विश्वको जनसंख्या १ अर्व ६० करोडले बढेको छ भने यसै अवधिमा झण्डै २० करोड मानिसहरु गरीबीबाट मूक्त हून सकेका छन् । यसको एकमात्र कारण विकासशील मूलूकहरुले सही र उचित नीति अख्तियार गर्नू नै हो ।
यस बाहेक प्रगतिको परिभाषा अब आम्दानीको वृद्धिमा मात्रै सिमित नरही शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत सूधार आएको छ । सन् १९७० देखि विकासशील देशहरुमा बसोबास गर्ने निरक्षरहरुको संख्या ४७ प्रतिशतबाट घटेर २५ प्रतिशतमा झरेको छ भने सन् १९६० यता मानिसको आयु औसत ४५ वर्षाट बढेर ६४ वर्षपूगेको पाइन्छ ।
यसो भए तापनि हामीले हाम्रा बाँकी रहेका चुनौतीहरुलाई वेवास्ता गर्न पटक्कै मिल्दैन । लगभग आधा विश्व अर्थात विकासशील मूलूकका २ अर्व मानिस अझै त्यस्ता मूलूकहरुमा बसोबास गर्दछन् जहाँ विगत २ दशकमा थोरै मात्र विकास हून सकेको छ । अपेक्षाकृत रुपमा राम्रै प्रगति हासील गरिररहेका विकासशील राष्टूहरुमा समेत लाखौं मानिसहरु अझै पनि प्रगतिको प्रारम्भिक अवस्थामै रहेका पाइन्छन् । फलस्वरुप, विश्वको कुल जनसंख्याको झण्डै २० प्रतिशत वा झण्डै ज्ञ अर्वभन्दा बढी मानिस अझै पनि दैनिक १ अमेरिकी डलर आम्दानीबाटै जीवन निर्वाह विवश छन् ।
यो चुनौती ठुलो मात्र रहेको छैन, अझै बढिरहेको छ । आगामी ३० वर्षा विश्वको जनसंख्या बढेर ६ देखि ८ अर्वसम्म पूग्नसक्ने अनूमान गरिएको छ र माथि भनिएका २ अर्व मानिस विश्वका निर्धनतम मूलूकका हूने छन् ।
गत सप्टेम्बर ११ को दूखद घटना पछि यस्ता चुनौतीहरुसंग लड्ने र त्यसका लागि बहूपक्षीय कारवाही गर्नूपर्ने कूरा प्रखर बनेर हाम्रा अगाडि आएको छ । अब त्यसका लागि हाम्रो एजेण्डा चाहीँ के हूने त -
प्रथमतः, वैदेशिक सहायतामा बृद्धि गर्नू परेको छ । अन्तर्रर्ााटूय अर्थतन्त्रमा मन्दी आइरहेको यस घडिमा विदेशी सहयोगको बृद्धि हून गार्हो भए तापनि त्यसको आवश्यकता चाहीँ सधैंको भन्दा बढेको छ । यद्धपि, अप्रिmकी महादेशले सूधार र विकासका निमित्त ठुलो प्रयत्न गरिरहेको भए तापनि अप्रिmकालाई प्राप्त सहायता सन् १९९० को प्रतिब्यक्ति घट अमेरिकी डलरबाट घटेर अहिले २० अमेरिकी डलरको हाराहारीमा मात्रै सिमित हून पूगेको छ । हालैको आतंककारी आक्रमण पछि त्यस क्षेत्रमा गरीबीको असरमा बिस्तार हूने हो की भन्ने आशंका अझ बढेर गएको छ । तर हामीले अहिले अन्यन्त्र ध्यान केन्द्रीत गर्नू परिरहेको भए पनि अप्रिmकालाई बिर्सने भन्ने प्रश्नै छैन ।
दोश्रो, ब्यापारसम्बन्धी बाधाहरु कम गर्नू । विश्व ब्यापार संगठनको शर्ीष्ास्थ सम्मेलन अघि र्सर्नै पर्दछ र त्यो विकाससम्बन्धी छलफलको चरणका रुपमा अघि बढ्नू पर्दछ । अझ, त्यो चरणले ब्यापारलाई गरीबी निवारण र विकासको संयन्त्रका रुपमा उपयोग गर्नेतिर उत्प्रेरित हूनू पर्दछ । ब्यापारको उल्लेखनीय रुपमा हूने उदारीकरण गरीब राष्टूहरुका लागि १० औं अर्व डलरभन्दा पनि अमुल्य छ । तर अर्थतन्त्रले अद्योगति लिइरहेको यस अवस्थामा संरक्षणवादका निम्ति दबाब बढ्न नसक्ने होइन । तापनि, हामीले यस्ता दबाब र बाधाहरुसंग लड्नै पर्दछ ।
तेश्रो, विकासको प्रभावकारी प्रतिफल सूनिश्चित गर्ने दिशामा विकास सहायतालाई केन्द्रीत गरिनेछ । यसको अर्थ लगानी, उत्पादकत्व, बृद्धि र रोजगारीका अवसरहरुमा सूधार गर्नूका साथै विकासका कार्यमा गरीबहरुलाई पर्ुण्ा रुपमा सरिक गराउन उनीहरुलाई सशक्तिकरण गरी उनीहरुमाथिको लगानी बढाउनू पनि हो ।
चौथो, विश्व मामिलाका बारेमा अन्तर्रर्ााटूय समझदारीका साथ कार्य गर्ने । यसमा आतंकवाद, अन्तर्रर्ााटूय अपराध तथा आर्थिक अपचलनका साथै एड्स तथा औलो रोग जस्ता संक्रामक रोगब्याधिको सामना, समतामुलक विश्व ब्यापार प्रणालीको विकास, कठिन र आकस्मिक आर्थिक संकट आउन नदिन वित्तीय स्थिरता कायम राख्ने र ठुलो संख्यामा गरीबहरुको जीवनचर्या निर्भर रहेको प्राकृतिक श्रोत तथा पर्यावरणको संरक्षण जस्ता विषयहरु पर्दछन् ।
यी सबै कार्यका लागि विकासशील देशहरुकै अग्रतामा उनीहरुकै अभिरुचिबमोजिम उनीहरुलाई नै कार्यक्रम तर्जुमा गर्न लगाई काम गरिनू पर्दछ ।
यस बाहेक हामीले यो सत्प्रयासमा निजी क्षेत्र, नागरिक समाज, विश्वासमा आधारित समुहहरु र अन्तर्रर्ााटूय तथा देशभित्रकै दाताहरुलाई समेत सहभागी गराउनू पर्दछ । हाम्रो विश्वब्यापि संयूक्त पहल आतंकवादसंग लड्न मात्र होइन गरीबीसंग लड्न पनि हूनू पर्दछ ।
अब हामीले त्यो चुनौतीलाई स्वीकार गर्ने वा नगर्ने भन्ने कूरा हामीमाथि नै निर्भर छ । हाम्रै अघिका पर्ुखामा त्यो साहस नभएको होइन । हाम्रा बाबू-बाजेले दोश्रो विश्व यूद्धको ब्यक्तै गर्न नसकिने त्रासदीबाट भागेर होइन अन्तर्रर्ााटूय प्रणालीको निर्माण गर्न मिलेर कार्य गरेका थिए । त्यसको ठिक विपरित पहिलो विश्व यूद्ध पछिको सोंच गलत भएरै दोश्रो विश्व यूद्ध हूनआएको थियो भन्ने कूरा पनि बिर्सनू हूदैंन । त्यसैले अहिले हामीले चून्ने बाटोले हाम्रो मात्र होइन, हाम्रा छोराछोरी र नाती-नातीनाले शान्तिसंग बाँच्न पाउने भविष्यको निर्धारण गर्नेछ भन्ने कूरालाई नभूलौं ।
जेम्स डी. उल्फेन्सन,
अध्यक्ष,
विश्व बैंक |