विकासका सूचनाहरुको प्रचार-प्रसार तथा विश्लेषणमा आमसंचार माध्यमलाई विकासको महत्वपर्ूण्ा मुखपत्रको रुपमा मान्न सकिन्छ । विकाससंग आवश्यकता, दायित्व तथा पारदर्शीताको अन्तरसम्बन्धलाई मनन गरेर विश्व बैंकले अहिले विकासशील विश्वका सबै क्षेत्रमा संचारकर्मीहरुका लागि अध्ययन तथा तालीम कार्यक्रमहरु संचालन गर्ने गरेको छ । नेपालमा पनि बैंकले पत्रकारहरुलाई आफ्नो वातावरणको गतिशील परिवर्तनलाई आत्मसात गर्नका निमित्त अर्थशास्त्र र वाणिज्यसम्बन्धी विषयहरुमा अध्ययन-तालीम दिने ब्यवस्था मिलाएको छ । बैंकका अधिकारीहरुले पत्रकारहरुसंग पनि बैंकका कार्यहरुका बारेमा नियमित रुपमा विचार-विनिमय गर्ने गरेका छन् । यस अतिरिक्त बैंकको काठमाडौंस्थित कार्यालयले त्रैमासिक पत्रिका प्रकाशन गर्नुका साथै नेपालमा बैंकको सहयोगमा संचालित गतिविधिहरुबारे सूचना तथा जानकारी दिने उद्देश्यले र्सार्वजनिक सूचना केन्द्र र वेब-साइटको स्थापना गरेको छ ।